२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज

प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीको अस्पतालबाट डिस्चार्ज भएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि बुधबार दिउँसो डिस्चार्ज गरिएको हो।

डिस्चार्ज हुनु अघि समिक्षाले आफ्नो मामा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। प्रधानमन्त्री ओलीलाई भने अझै केहि दिन अस्पतालमै राखिने भएको छ। प्रधानमन्त्री निवासमा तत्काल लैजाँदा उनको भेटघाट बढ्नाले संक्रमणको जोखिम हुन् सक्ने भन्दै परिवारको आग्रहमा अस्पताल मै राखिएको छ। उनको स्वास्थ्यमा पनि सुधार आइरहेको बताइएको छ।

त्रिवि शिक्षण अस्पतालमा गत बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ