२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल

तीनै तहका सरकार कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारीमा : मन्त्री रावल


सुर्खेत—विश्वभर प्रसार भैरहेको कोरोना भाइरसबाट भित्रिन नदिन कर्णाली प्रदेश सरकार पूर्व तयारीमा लागेको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । शनिबार संचार क्लबले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रावलले यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेश कोरोनाबाट जोगिन पूर्व तयारी थालेका छौं । कर्णालीवासीलाई नआतिन आग्रह छ,’ उनले भने । कर्णालीवासीलाई कोरोनाको संक्रमणबाट जोगाउने तिनै तहका सरकारलाई पूर्व तयारीमा जुटेको बताउँदैं उनले सचेतनामूलक कार्यक्रम पनि संचालन गर्न लागिएको बताए ।

कोरोनाको त्रासले कर्णालीवासीलाई नआतिन कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाकाहरुमा चेक जाँच र स्वास्थ्य परिक्षण गरिने भएको छ । विशेषगरी उत्तर दक्षिणका नाकाहरुमा, सल्यान, बबई, डोल्पा, हिंल्सा नाकालगायतका कर्णालीका नाकामा निगरानी गर्न लागिएको छ । साथै यहाँ हुने भेला गोष्ठी आदि कार्यक्रम नहुने बताइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ