२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्राण्डीमा ४२ वर्षीय पुरुषकाे दोश्रो पटक मृगौला प्रत्यारोपण

ग्राण्डीमा ४२ वर्षीय पुरुषकाे दोश्रो पटक मृगौला प्रत्यारोपण


काठमाडाै- शुक्रबार ग्राण्डी अन्तराष्टिय अस्पतालमा ४२ वर्षीय पुरुषको दोश्रो पटक मृगौला प्रत्यारोपण गरिएको छ।

उनकाे १२ बर्ष अगाडी पहिलो पटक भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो।  सो मृगौलाले काम गर्न छोडेपछि दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न परेको प्ररत्याराेपणमा संलग्न चिकित्सकले जनाएका छन्। उनलाई ३६ वर्षीय श्रीमतीले मृगौला दान गरेेेेेेकी हुन्।

प्रत्यारोपण गरिएको मृगौलाले राम्रो संग काम गर्न शुरु गरिसकेको चिकित्सकले जनाएका छन्।  प्रा.डा. प्रेमराज ज्ञवाली, डा. पवन चालिसे, डा. भोजराज लुईटेल र डा. सुरेन्द्र अधिकारी तथा प्रा. डा. दिब्या सिंह, डा. बिष्णु पहाडी, डा. उपेन्द्र जोशी को टिमले उक्त अपरेशन गरेको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ