२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको छ, छिट्टै काममा फर्किन्छु : प्रधानमन्त्री

मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको छ, छिट्टै काममा फर्किन्छु : प्रधानमन्त्री


काठमाडौं – बुधबार।दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका छन् ।

प्रत्यारोपण पछि आफ्ना प्रमुख सल्लाहकार विष्णु रिमालसंग कुरा गर्दै उनले भने ,’ साथीहरुलाई भनिदिनुस, मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भईरहेको छ, छिटै काममा फर्किनेछु। अस्पतालमाप्रमसँगको भेट पछि रिमालले ट्वीट गरेका छन्।

 

 

 

 

उनले विहान जाउलो खाएको प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले जनाए। उनलाई हिजो देखि तरल तथा नरम आहार दिन सुरु गरिएको हो । यता प्रधानमन्त्रीलाई मिर्गौला दिएकी उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिती स्थिर देखिएको छ । उनलाई पनि नरम तथा तरल आहार दिन अस्पतालले सुरु गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ