२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु


काठमाडौं—दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले सामान्य रुपमा कार्य गर्न थालेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य रहेको जनाउँदैं अस्पतालले उनलाई तरल तथा नरम आहार दिन सुरु गरेको उल्लेख गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको दोस्रो दिन प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको बताए । उनले भने, ‘प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको छ । उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ ।’

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिती स्थिर देखिएको छ । उनलाई पनि नरम तथा तरल आहार दिन अस्पतालले सुरु गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ