२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी मनाइदैंछ पेड्रियाटिक नर्सिङ सप्ताह

यसरी मनाइदैंछ पेड्रियाटिक नर्सिङ सप्ताह


काठमाडौं—पेडियाट्रिक नर्स एसोसिएसन अफ नेपालले स्थापनाको दोस्रो वर्ष अवसर पारेर विभिन्न कार्यक्रमसहित पेड्रियाटिक नर्स सप्ताह मनाइदैं छ । गत फागुन १६ गतेदेखि मनाउन सुरु गरिएको सप्ताहमा २२ फागुनसम्म चल्नेछ ।

फागुन ११ देखि २२ सम्मलाई पेड्रियाटिक सप्ताहको रुपमा सरकारी तहबाटै घोषणा गराउन अभियानका साथ यो सप्ताह सुरु गरिएको संस्थाकी अध्यक्ष अप्सरा पाण्डेले बताइन् । सरकारी तहबाटै घोषणा गराउन गत १६ देखि १८ गतेसम्म सामाजिक संजाल र संचार क्षेत्रबाट क्याम्पेन गरिएको उनको भनाइ थियो ।

त्यसैगरी, सोमबार फिलाेसाेफिस्का नेपाल विद्यालयका नर्सरीदेखि ४ कक्षासम्मका विद्यार्थीको स्वास्थ्य जाँच गरी समस्या देखिएका ४७ जनालाई कान्ति बाल अस्पतालमा थप उपचारका लागि पठाइएको थियो । मंगलबार भने धुलिखेल अस्पतालमा बाल रोग विशेषज्ञहरुसँग वर्कसप गरिएको छ ।

 बुधबार पोखरामा वर्कसप गर्ने कार्यक्रम रहेको छ । त्यस्तै दिन थापाथली अस्पतालमा गर्भवती जाँच र व्रेस्ट फिडिङ काउन्सिलिङ दिने कार्यक्रम पनि रहेको पाण्डेले जानकारी दिइन् ।

बिहिवार नेपाल पेड्रियाटिक सोसाइटीसँगको सहकार्यमा सिपिआरआर तालिम संचालन हुनेछ भने २२ गते कान्ति बाल अस्पतालमा रक्तदानसहित विभिन्न कार्यक्रम गरी समापन गरिने तयारी रहेको अध्यक्ष पाण्डेले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ