२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रम ओली मिर्गौला प्रत्यारोपणका लागि साँझ ६ बजे शिक्षण अस्पताल पुग्ने

प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि साँझ ६ बजे शिक्षण अस्पताल पुग्ने


काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएका छन् । पहिलो पटक भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका उनको मृगौलामा फेरी समस्या देखिएपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ भर्ना हुने भएका हुन् ।

उनलाई यसपटक भने उनको भान्जी पर्ने ३१ वर्षिया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने भएकी छिन्। उनी करिव ३ बजेर १४ मा अस्पताल पुगेकी थिइन् भने प्रम ओली भने साँझ ६ बजे अस्पताल पुग्ने स्रोतले जनाएको छ।

दोस्रो पटक हुन लागेको प्रत्यारोपणका लागि झण्डै १ दर्जन चिकित्सक र आधा दर्जन नर्स तथा प्यारामेडिक्स तयारी अवस्थामा छन् । पहिलोपटक प्रम ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भारतका दुई डाक्टर पनि मिर्गौला प्रत्यारोपणकै लागि नेपाल आएको जानकारी प्राप्त भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ