२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्वारेन्टाइनमा रहेका १ सय ७५ मै कोरोना संक्रमण देखिएन

क्वारेन्टाइनमा रहेका १ सय ७५ मै कोरोना संक्रमण देखिएन


काठमाडौं – भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ नेपालीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ। दोश्रो चरणमा गरिएको परिक्षणमा पनि रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनीहरु आजै घर जान सक्ने मन्त्रालयले जनाएको हो।

उनीहरुको शनिबार नाक र घाँटीको नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। उक्त परीक्षणको रिपोर्ट आज आएको हो ।

चीनमा कोरोना संक्रमण बढेपछि करिब दुई साता अघि नेपाल-चीनको सहकार्यमा वुहान शहरबाट उद्दार गरी ल्याइएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनको व्यवस्था गरि राखिएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ