गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा डा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा डा. किशोरराज प्रधान रिफ्रयाक्टीभ सर्जन | मातृका आइज सेन्टर, काठमाडौं मंगलबार, २०७६ फागुन २० गते, १०:५६ मा प्रकाशित सामान्यतयाः आँखाको सुख्खापन, धेरै उज्यालो तथा आँखामा आएको कुनै अवरोध हटाउनको निम्ति आँखा झिम्किने गर्छ । आँखाको सतह सफा राख्नको लागि आँशु बगाउनको निम्ति पनि आँखा झिम्किने गर्छ । भर्खरै जन्मेको शिशुको सन्दर्भमा प्रतिमिनेट २ पटक मात्रै उनीहरुको आँखा झिम्किने गर्छ । तर, क्रमिक रुपमा यो प्रक्रिया बढी वयस्कमा प्रतिमिनेट १४ देखि १७ पटकसम्म झिम्किने गर्छ । यसले आँखाको पीडा, अधिकतम् उज्यालो तथा आद्रताको तापक्रम परिवर्तन गर्न तथा कुराकानीको प्रतिक्रिया जनाउनमा मद्धत गर्दछ । अझ भन्ने हो भन्ने महिलाको आँखा पुरुषको तुलनामा बढी झिम्किने गर्छ । ठूलो आँखा तथा इभ्यापोरेशन (आँखामा आँशु वा तरल पदार्थ ठोस वस्तुमा परिवर्तन हुने प्रक्रिया) को महिलाको आँखा धेरै झिम्किने गर्छ । यसबाहेक केही व्यक्तिहरुको आँखा सामान्य रुपमा भन्दा धेरै झिम्किने गर्छ । आखिर किन आवश्यकभन्दा धेरै झिम्किन्छन् त आँखा ? यस्ता छन् यसका कारणहरुः आँखाको सुख्खापन इरिटेशन (आँखा चिलाए र बिझेजस्तो हुने) आँखामा मासु पलाएमा बाहिरी वातावरण इन्फेक्शन तनाव/चिन्ता थकान अनिन्द्रा अधिकतम उज्यालो धुम्रपान, मद्यपान तथा मादक पदार्थको सेवन क्याफिन । रोकथाम तथा बच्ने उपाय व्यक्तिको आँखा आवश्यक भन्दा बढी झिम्किएमा त्यसले व्यक्तिमा दृष्टिमा मधुरता ल्याउँछ । यसका साथै यसै समस्याको कारण व्यक्ति उज्यालोमा धेरै समय बस्न नसक्ने हुन्छ । फलस्वरुपः फेसियल स्पाजम (अनुहारको एक भाग खुम्चिने) को समस्या देखा पर्दछ । तसर्थ यी सबै समस्या देखा नपरोस् भन्नका लागि सर्वप्रथम हामीले आँखा झिम्किने समस्या के कारणबाट हुन्छ भन्ने तथ्यबारे जानकारी हासिल गर्नुपर्छ । र, कुनै पनि रोग तथा समस्याबाट बच्ने भरपर्दाे उपाय भनेको नै त्यसका कारणबाट जोगिनु हो । आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । यसको तन्तु नरम हुने भएकोले यसलाई बाहिरी वातावरण तथा वस्तुले सजिलै प्रभाव पार्न सक्छ । त्यसैले पनि हामीले यस सम्बन्धि कुनै पनि समस्या देखा नपरोस् भन्नका लागि विविध पक्षमा ध्यान दिनुपर्छ । र, ती निम्न अनुसार रहेका छन्ः क्याफिनको कम प्रयोग अल्कोहल, धुम्रपान तथा अन्य मादक पदार्थको प्रयोग नगर्ने पर्याप्त सुत्ने आँखा सुख्खा हुन नदिन चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने स्पाजम देखिएमा हातले विस्तारै आँखाको भाग वरपर मालिस गर्ने घाम, धुलोधुँवा तथा धेरै उज्यालोबाट बच्न चश्माको प्रयोग गर्ने आँखा सम्बन्धि केही समस्या परेमा चिकित्सकको सल्लाह लिने । प्रस्तुतीः सृजना मगर । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. सविना भट्टराईको सल्लाहः कसरी गर्ने जाडोमा छालाको सुरक्षा डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता… नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के… डा. सन्तोष पोखरेलको सल्लाहः किन हुन्छ निमोनिया, कसरी बच्न सकिन्छ… डा. आशिका साहको सल्लाह : किन फरफराउँछन् शरीरका अंगहरु ? वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका गर्भवती महिलालाई २२ सुझाव धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने भिटामिन 'ए' र जुकाको औषधी वैशाख ६ र ७ गते खुवाइने कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने भिटामिन 'ए' र जुकाको औषधी वैशाख ६ र ७ गते खुवाइने