२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमृगौला प्रत्यारोपणका लागि प्रम ओली सोमबार अस्पताल भर्ना हुने

मृगौला प्रत्यारोपणका लागि प्रम ओली सोमबार अस्पताल भर्ना हुने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणको लागि सोमबार अस्पताल भर्ना हुने भएका छन्। शनिबार भएको नेकपा सचिवालयको बैठकमा प्रम ओली महाराजगन्जस्थित त्रि. वि. शिक्षण अस्पतालको ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना हुने नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बताएका हुन्।

उनको मृगौला प्रत्यारोपण भने बुधबार हुने प्रवक्ता श्रेष्ठले जनाए। उक्त वैठकमा प्रम ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ