२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाेराेना संत्रास: दुई महिना विमानस्थल र नाका ’लकडाउन’ गर्न स्वास्थ्यको प्रस्ताव

काेराेना संत्रास: दुई महिना विमानस्थल र नाका ’लकडाउन’ गर्न स्वास्थ्यको प्रस्ताव


काठमाडाैं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश कोरोनाको उच्च जोखिममा परेको भन्दै प्रधानमन्त्री समक्ष दुई महिना विमानस्थल र नाका ’लकडाउन’ गर्न प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरु गएर नेपाललाई कोरोनाबाट जोगाउन सो प्रस्ताव अघि सारेका हुन ।

संक्रमण देखिए स्वास्थ्य उपचार हामीले धान्न सक्दैनौं त्यसैले विमानस्थल र नाका ’लकडाउन’ गरी सहयोग गरिदिनोस् अधिकारीहरुले प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् । कोरोनाको प्रकोेप विश्वका ५० भन्दा बढी देशमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिना त्रिभुवन विमानस्थल लकडाउन गर्न माग गरेको हो ।

पछिल्ला दिनमा कोरोना फैलिएका देशमा ठुलो संख्यामा नेपाली कामदार रहेका छन् । विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराइसकेको छ । कोरोना युरोप  र खाडीका देशहरमा पनि फैलिन थालेपछि पर्यटन मन्त्रालयले पनि पर्यटन वर्ष—२०२० को प्रचार पनि स्थगन गरेको छ ।

शनिवार राती अबेरसम्म प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकमा कोरोना भाइरसको नियन्त्रणमा जुट्नेबारे बृहत छलफल भएको थियो । उक्त बैठकले कोरोना जोखिमबाट जोगिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृह, स्वास्थ्य, पराराष्ट, शिक्षा, पर्यटन, अर्थ, कृषि, सञ्चार मन्त्री सदस्य रहने उच्चस्तरीय समिति बनाएको छ । यसले आन्तरिक तथा बाह्य अवस्थाको आँकलन गरी आवश्यक निर्णय लिने र सम्वन्धित निकायलाई निर्देशन दिने जिम्मेवारी पाएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने बारेमा चाडै निर्णय लिने एकथरि स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

त्रिभुवन विमानस्थलमा हरेक यात्रुको स्वास्थ्य जाँच, नेपाल आउनका लागि कोरोना मुक्त हुनुपर्ने भनिएको छ । तर, सरकारले भने अनुसारको व्यवस्था त्यहाँ छैन । प्रभावित क्षेत्रबाट आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने र त्यसको व्यवस्थापन स्वयंले गर्नुपर्ने पनि सरकारले भनेको छ । उद्धार गर्न सम्भव नहुने देखेपछि सरकारले आफै सुरक्षित रहन निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ