२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको विशेषज्ञ लाइसेन्स परीक्षामा १ सय ४० जना पास

चिकित्सकको विशेषज्ञ लाइसेन्स परीक्षामा १ सय ४० जना पास


काठमाडौं—नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले लिएको चिकित्सकको विशेषज्ञ लाइसेन्स परीक्षामा १ सय ४० जना उतीर्ण भएका छन् । शनिबार काउन्सिलले लिएको विशेषज्ञ लाइसेन्स नतिजाअनुसार १ सय ४० जना पास भएका हुन् । जुन कुल विद्यार्थीको ४४.८८ प्रतिशत हुन आउँछ ।

३ सय १९ परीक्षार्थीमध्ये परीक्षामा ३ जना अनुपस्थित रहेका थिए । यस्तै, एक जनाको परीक्षा रद्ध भएको थियो । परीक्षामा १ सय ७५ जना अनुतीर्ण भएका छन् । काउन्सिल स्रोतकाअनुसार परीक्षा मर्यादाविपरित कार्य गरेका कारण एक जनाको परीक्षा रद्ध गरिएको हो ।

सबैभन्दा रेडियोलोजीमा ३० प्रतिशत हाराहारीमा पास भएका छन् । डेन्टलका सबै विद्यालाई एकीकृत रुपमा मान्दा सबैभन्दा ६० प्रतिशत  बढी डेन्टलमा पास भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ