२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले तोक्यो १२ औं तहको जिम्मेवारी

स्वास्थ्य मन्त्रालयले तोक्यो १२ औं तहको जिम्मेवारी


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहमा बढुवा भएका तीनै जनाको जिम्मेवारी तोकेको छ।

शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै १२ औं तहमा बढुवा भएका डा. दीपेन्द्ररमण श्रेष्ठलाई नीति, योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन माहाशाखाको जिम्मेवारी दिएको छ।

त्यसैगरी, अर्का प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई जनसंख्या महाशाखा र समायोजन महाशाखाको जिम्मेवारी दिएको छ भने प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिएको छ।

यसअघि विभागको निवृत महानिर्देशक थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ