चीनमा ८० प्रतिशतले घट्यो कोभिड-१९ मृत्युदर

चीनमा दैनिक रुपमा कोभिड १९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या महिनाको सुरुवात भएदेखि ८० प्रतिशतले घटेको छ । विज्ञहरूले यो गिरावटलाई कोभिड सङ्क्रमणको दर कम हुन लागेको सङ्केतको रूपमा लिएका छन् ।
बेइजिङले गत महिना अचानक आफ्नो शून्य–कोभिड नीति समाप्त गरेदेखि विश्वको सबैभन्दा जनसङ्ख्या भएको चीनमा भाइरसका केसको लहर आएको थियो ।
चीनको चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गत जनवरीको १३ देखि १९ तारिखका बिचमा कोभिडबाट १३ हजार मानिसहरूको मृत्यु भएको जनाएको थियो । तर उक्त सेन्टरले अघिल्लो महिनामा लगभग ६० हजार मानिसको मृत्यु भएको जनाएको थियो ।
हाल चीनका स्थानीय सरकारी घोषणा तथा मिडियाहरूले डिसेम्बरको अन्त्य र जनवरीको सुरुमा उकालो लागेको सङ्क्रमण हाल ओरालो झरिरहेको सङ्केत गरेका छन् ।
सोमबार अस्पतालहरूमा भाइरसका कारण ८९६ जनाको मृत्यु भएको थियो, जुन जनवरी ४ को तुलनामा ७९ प्रतिशतले घटेको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले बुधवार एक विज्ञप्तिमा जनाएको छ ।
त्यस्तै विज्ञप्तिमा अस्पतालहरूमा गम्भीर केसहरू पनि सोमबार सम्म घटेर ३६ हजारमा मा पुगेका छन्, जुन जनवरी ५ को तुलनामा मा १ लाख २८ हजार को उच्च तथ्याङ्कबाट ७२ प्रतिशतले घटेको जनाइएको छ ।
धेरै पढिएका
- १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी
- ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ?
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने
- ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी
तपाईको प्रतिक्रिया दिनुहोस