साउदी अरबमा विगत केही सातादेखि दैनिक कोभिड-१९ संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । यसैलाई ध्यानमा राख्दै साउदी अरबले १६ देशमा आफ्ना नागरिकको यात्रामा प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्ध लगाएका १६ देशमा भारत, लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान, यमन, सोमालिया, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, लिबिया, इन्डोनेसिया, भियतनाम, आर्मेनिया, बेलारुस र भेनेजुएला पर्छन्
यसबाहेक साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले आफ्नो देशका जनतालाई देशमा हाल मंकी पक्सका घटनाहरू शून्य रहेको जानकारी गराएको छ । त्यहाँका उपस्वास्थ्यमन्त्री अब्दुल्लाह असिरीले देशसँग कुनै पनि शंकास्पद संक्रमितको निगरानी र खोजी गर्ने क्षमता रहेको र कुनै नयाँ केस आएमा संक्रमणविरुद्ध लड्न तयार रहेको बताएका छन् ।
उनले हालसम्म मानिसमा कोभिड सङ्क्रमण निकै सीमित भएकाले यसबाट कुनै पनि सङ्क्रमण फैलिने सम्भावना कम रहेको बताए ।
-एजेन्सी