२०८२ वैशाख ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वअमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड

अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड


कोभिड-१९को महामारी सुरु भएयता अमेरिकामा १ करोड २० लाखभन्दा बढी बालबालिका संक्रमित भएका छन् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र चिल्ड्रेन हस्पिटल एसोसिएसनको रिपोर्टबाट यी तथ्याङ्क बाहिर आएको हो।

सोमबार अबेर राति प्रकाशित प्रतिवेदन अनुसार फागुन ३ गतेसम्म देशभर कुल १२ लाख ४२ हजार ८७० बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टका अनुसार कोभिडको नयाँ प्रजाति ओमक्रोनका कारण अमेरिकाभरका बालबालिकामा संक्रमितको संख्या बढेको छ । रिपोर्टका अनुसार जनवरीको सुरुदेखि हालसम्म करिब ४२ लाख बालबालिकाको केस रिपोर्ट गरिएको छ। फेब्रुअरी ३ गते समाप्त भएको हप्तामा करिब ६ लाख ३२ हजार थप बालबालिकामा कोरोना सङ्क्रमण देखिएको थियो ।

पछिल्ला दुई सातामा बालबालिकामा १४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । अमेरिकामा संक्रमित बालबालिकाको संख्या १ लाख नाघेको यो लगातार २६ औं हप्ता हो । सेप्टेम्बरको पहिलो सातादेखि नै बालबालिकामा करिब ७० लाख अतिरिक्त केसहरू रिपोर्ट गरिएका छन् ।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ