गृहपृष्ठ ∕ विश्व ∕ चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द हेल्थ आवाज बिहीबार, २०७८ पुस २२ गते, १६:४६ मा प्रकाशित कोरोनाको ओमिक्रोन भेरियन्ट यसपटक धेरै खतरनाक हुँदै विश्व सामु आएको छ । यसले लगभग सबै देशलाई आक्रान्त पारेको छ । सार्वजनिक भएका सबै भेरियन्टमध्ये कुनै पनि खाद्यवस्तुमा कोरोना संक्रमणको प्रमाण भने फेला परेको छैन । तर, हालैमा चीनको ड्रयागन फ्रुटमा पनि संक्रमण पुष्टि भएको खबर बाहिरिएको छ। रिपोर्टका अनुसार चीनको झेजियाङ र जियाङ्सी प्रान्तका नौ सहरमा फलफूलको परीक्षणमा कोरोना भाइरसको पुष्टि भएको हो । यसपछि फलफूल खरिद गर्नेलाई पनि क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । यसका साथै विदेशबाट आउने खाद्यवस्तुको पनि अनुसन्धान थालिएको छ । यी ड्रयागन फलहरू भियतनामबाट आउँछन्। यो खबर सार्वजनिक भएपछि चीनका धेरै सुपरमार्केट बन्द गरिएका छन् । ड्रयागन फ्रुट्सना कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले भियतनामबाट ड्र्यागन फ्रुट आयातमा २६ जनवरीसम्म प्रतिबन्ध लगाएको छ । गत साता चीनमा ड्र्यागन फ्रुटमा कोरोना भाइरस भेटिएको पुष्टि भएको थियो । चीनको शी’आन सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यहाँ पहिलेदेखि नै लकडाउन गरिएको छ । यसपछि युझु सहरमा लकडाउन लगाइएको छ । -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री