गृहपृष्ठ ∕ विश्व ∕ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स हेल्थ आवाज आईतबार, २०७८ मंसीर १९ गते, १३:१७ मा प्रकाशित भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन पुष्टि भएको छ । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येंद्र जेनले जनाएका हुन् । यससँगै भारतमा अहिलेसम्म ५ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको हो । हालसम्म गुजरातको जामनगर, मुम्बई र कर्नाटकमा ओमिक्रोनको केस पाइएको छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर बढ्दो चिन्ताका बीच आइतबारदेखि अन्तर्राष्ट्रिय यात्रुका लागि भारतले नयाँ निर्देशिका लागू गरेको छ । जोखिममा रहेका देशबाट आउने यात्रुले आरटी–पिसिआर परीक्षण गराउनुपर्ने बताइएको छ । नतिजा नआएसम्म यात्रुले विमानस्थलमै कुर्नुपर्नेछ । सबै विमानस्थलमा थप RT-PCR सुविधाको व्यवस्था गरिनेछ। ‘जोखिममा रहेका’ देश बाहेक अन्य देशका यात्रुलाई विमानस्थलबाट बाहिर निस्कन दिइनेछ। उनीहरुले १४ दिनसम्म सेल्फ मोनिटरिङ गर्नुपर्नेछ । ओमिक्रोनको खतराको श्रेणीबाट बाहिरिएका देशहरूबाट आउने यात्रुमध्ये ५ प्रतिशतको अवश्य परीक्षण गरिनेछ। यसअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुहरूले हवाई सुविधा पोर्टलमा उपलब्ध स्व-घोषणा फारममा उडानमा चढ्नुअघि १४ दिनको आफ्नो ट्राभल हिस्ट्री दिनुपर्नेछ । -एजेन्सी क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु… स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ ७ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक Kalpana Craft ट्रेण्डिङ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी